१८ पुष २०७५, बुधबार
  • रिदम सिंह

बझाङ । सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस र सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रम स्थल खुल्लामन्चमा मानिसहरुको बाक्लो भिडभाड थियो । एकाएक खुल्ला मञ्चको स्टेजमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले हाँस्य व्याग्यं गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दर्शकहरुले ताली बजाए ।

बझाङ प्रबेस हुने जयपृथ्बी राजमार्ग साँघुरो तथा खाल्डा खुल्डी भएको अवस्था झल्काउँदै नेताहरुले सडक फराकिलो र सुधार नगरेको भन्दै व्यंग्य गरे । मन्चमा दुर्मुस र सुन्तलीको दोहोरो कुराकानी भई रहदा बझाङमा बढी मदिरा सेवन हुने गरेको , महिला हिंसा तथा बाल विवाह बढी हुने जिल्ला भएको आफूले सुनेको भन्दै अव यस्तो सामाजिक कुरीति हटाउन जोड दिएपछि सहभागी महिलाहरुले खुलेर जोडदार प्रसंसा गरेका थिए ।

सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले आयोजना गरेको बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा बझाङ आएकी सुन्तलीले पुरुषहरुलाई लक्षित गर्दै भने, मदिरा खाने पैसाले अब बिमा गर्नुहोस् र आफ्नो परिवार खुसी बनाउनु होस् । महिलाहरुलाई लक्षित गर्दै भनिन महिलाहरुले बिडी तमाखु खाने पैसालाई बचत गरेर बिमा गर्यो भने त्यो पैसाले आफू र बालबालिको भविश्य उज्वल हुने बताए । कार्यक्रममा दुबै हाँस्य कलाकारले मान्छेको जिवन जोखिमा छ भन्दै कतीखेर मर्ने बाँच्ने थाहा छैन त्यैसैले प्रत्येक व्यक्तिले बिमा गरेमा त्यस्तो घटना भई अकालमा ज्यान गयो भने बिमा गरेको पैसाले परिवारका सदस्यहरु लाई जिउनका लागि सजिलो हुने बताए ।

पहिलो पटक बझाङमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौ दर्शकहरुलाई कुलत जाँड रक्सी विडि चुरोट खाने पैसाले अव बिमा गर्न जोड दिए । सामाजिक विभेद र कुरितीहरुलाई हटाउन पनि उनले जोड दिएका थिए । कलाकारद्धयले भन्नुभयो बिमा गर्नका लागी धेरै ठूलो पैसा पनि खर्च गर्नु पर्दैन , फजुल खर्चलाई कम गर्ने र मासिक एक दुई सय जम्मा गरेर पनि एक दुई लाखको बिमा गर्न सकिने भन्दै दर्शकहरुलाई हौसला दिका थिए ।

१२ वर्ष अगाडि देखि बिमा गर्ने काम सुरु भएको यस जिल्लामा अहिले नेसनल , एसिएन, नेपाल , प्राईम , सुर्य , रिलायबल , सिटीजन, र सन नेपाल लाईप ईन्स्योरेन्स कम्पनीहरुले बिमाका गतीविधीहरु गर्दै आएका नेसनल लाईफ ईन्स्योरेन्स कम्पनी बझाङ शाखाप्रमुख राम प्रसाद उपाध्यायले जानकारी दिए । सन नेपाल ईन्स्योेरेन्स कम्पनीको बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा बझाङ आएका महाप्रबन्धक कमल गौतमले नेपाल १८ वटा जिबन बिमा कम्पनी भएका तर हाम्रो कम्पनीमा सामाजिक अभियन्ता तथा राष्ट्रिय कलाकार दुर्मुस र सुन्तली पनि जोडिएका हुँदा कम्पनी व्यवसायिक भएपनि हामीले सामाजिक दाहित्व बहन गरको बताए ।

बझाङ जिल्लामा झण्डै २० हजार ब्यक्तिले बिमा गरेका छन् भने केही ब्यक्तिहरुले प्रति ब्यक्ति ५० हजार देखि एक करोड सम्मको बिमा गरेका छन् । जिबनका लागी बिमा अनिबार्य भएको बिमा कम्पनीहरुले बताउदै आएको भएपनि बझाङ जिल्लामा अझै पनि आर्थीक अभाव र बिमा सम्बन्धी जानकारी नभएका कारण अधिकाशं मानिसहरुको जिबन बिमागर्न छुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV