१८ पुष २०७५, बुधबार

महोत्तरी । गुडविल फाइनान्स लिमिटेड (वित्तिय संस्था)को चाथौं शाखा महोत्तरी जिल्लाको बर्दिबासमा पनि विस्तार गरिएकको छ । एक विशेष कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की र यस संस्थाका प्रमुख कार्यकारी सरोज काजी तुलाधरले संयुक्त रुपमा चाथौं शाखाको उद्घाटन गरेका हुन् ।

यो शाखाको स्थापनासँगै गुडविल फाइनान्स लिमिटेडले प्रदेश नम्बर २ मा पनि आफ्नो सेवा विस्तार गर्न सफल बनेको छ । हालसम्ममा पूर्वको पाँचथरको फिदिमदेखि बाँकेको नेपालगञ्जसम्ममा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV