१८ पुष २०७५, बुधबार

एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अभिनेता अर्जुन कपूरको अफेयरको चर्चा पछिल्लो समय धेरै हुन थालेको छ । तर अहिलेसम्म यो जाडीले आफ्नो अफेयरको कुरालाई लिएर केही बोलेका छैनन् । पछिल्लो केही समयदेखि यो जोडी विभिन्न कार्यक्रमहरुमा पनि सँगै देखिदै आएका छन् ।

यो जोडीले नयाँ वर्ष २०१९ मा पनि जमेर रमाइलो गरेका छन्, जसको केही तस्वीरहरु बाहिर आएको छ । यो जोडी सञ्जय कपूरको घर पार्टीमा पनि सँगै पुगेका थिए । यो जोडीले एक अर्काको हात थामेरै पार्टीमा पुगेका थिए ।

यसै मौकामा मलाइकाले शिमरी आउटफिट पहिरनमा देखिएकी थिइन् । यस पहिरनमा मलाइका निकै सुन्दरी देखिएकी थिइन् । सञ्जय कपूर अभिनेता अर्जुन कपूरको काका हुन् । यस कपूर परिवारमा मलाइकाको इन्ट्री भएको आभाष सबैलाई भइरहेको छ । पार्टीपछि सञ्जय कपूरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर पनि सेयर गरेका छन् ।

तस्वीरमा अर्जुन, मलाइका, सञ्जय कपूर, महीप कपूर र करण जोहर छन् । सञ्जयले तस्वीर सेयर गर्दै क्याप्शनमा ‘फ्यामिली’ भनेर लेखेका छन् ।

 

 

View this post on Instagram

 

Family ❤️

A post shared by Sanjay Kapoor (@sanjaykapoor2500) on

प्रतिक्रिया दिनुहोस्

LIVE TV