१८ पुष २०७५, बुधबार

काठमाडाैं। मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढ्ने जनाएको छ ।

पश्चिमी वायुका कारण मौसममा आएको परिवर्तनले देशभरको अधिकतम तापक्रम घटेर चिसो धेरै महसुस हुने महाशाखाले जनाएको हो । दिउँसो केहीबेर आकाश खुलेपनि पारिलो घाम नलाग्ने भएका कारण अधिकतम तापक्रम बढ्न नसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV