१८ पुष २०७५, बुधबार

काठमाडाैं । मंगलबार (हिजो) राष्ट्रिय पोशाक अर्थात टोपी दिवस । यो दिवसलाई नेपालमा ब्याक्ती  सबै सङ्घ संस्थाले फरक फरक ढङ्गले मनाएका छन् । यसैबीच नेपाली टोपी प्रतिष्ठान काठमाडौंले पनि पाछिल्ला पाँच पूर्वप्रधानमन्त्रीहरुको घर घरमा गएर ढाका टोपी लगाइदिएर दिवस मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेसहितको टोलीले पाँच पूर्वप्रधानमन्त्रीहरुलाई टोपी लगाई दिएका थिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भटराईलाई मंगलबार प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले घरमै पुगेर टोपी लगाउन लगाई दिएका हुन् ।

सबै पूर्वप्रधानमन्त्रीहरुले पनि टोपी ग्रहण गर्दे नेपाली टोपी प्रतिष्ठानको सदस्यहरुलाईसमेत टोपी लगाई शुभकामना प्रदान गरेका थिए ।

पूर्व प्रधानमन्त्री नेकपाका अध्यक्ष दाहाल प्रचण्डले नेपालको संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले मनाउन थालिएको दिवसको सफलताको कामना गरेका थिए । उनले यो अभियानमा आफ्नो पुर्ण साथ रहने बताए । त्यस्तै नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाले नेपालको साँस्कृतिक महत्व बोकेका यस्ता कार्यक्रमले नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने बताए ।

पूर्वप्रधानमन्त्रीहरु नेपाल, झलनाथ खनाल र डा भट्टराइले पनि यस अभियानलाई सकारात्मक रुपमा लिदै अन्तर्राष्ट्रिय स्तरमा नेपालीकोे पहिचान जोगाउन अभियानले सहयोग पुग्ने बताए ।

२०१४ जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको नेपाली टोपी प्रतिष्ठानले जनाएकाे छ। टोपी प्रतिष्ठानले विश्वभरका नेपाली नागरिक एवं नेपाली मूलभाषीहरुले सर्वमान्य रुपमा प्रयोग गर्दै आएको नेपाली टोपीलाई, नेपाल सरकारको तर्फबाट नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको मान्यता प्रदान गर्ने गरी र अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा स्थापित गराउन आवश्यक पहलको माग गर्दै पूर्व प्रधानमन्त्रीहरुलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV