१८ पुष २०७५, बुधबार

सिमरा । प्रहरीले सिमरास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत खरिदार राज्यनारायण साहलाई पन्ध्र सय घुस लिएको आरोपमा पक्राउ गरेको छ । सेवाग्राहीको नागरिकताका लागि आवाश्यक कागजजात अर्को जिल्लाबाट मगाउँनु पर्ने कारण देखाउँदै उनले त्यस वापत पन्ध्रसय घुस मागेका थिए ।

घुस लिएको केही समयपछि नै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका साहलाई हेटौंडा लगिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV