१८ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल आउँने पर्यटकबाट हुुने आम्दानी भन्दा विदेश यात्रामा जाने नेपालीले धेरै खर्च गर्ने तथ्य सार्वजनिक भएको छ । बैदेशिक भ्रमणमा जाने नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् भने सोही अवधिमा नेपाल आउने विदेशी पर्यटकले २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्।

नेपालीले बैदेशिक भ्रमणमा यत्तिका खर्च गरेको गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी भएको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV