ज्युँदो मान्छेलाई पटक-पटक आर्यघाट पुर्‍याउने घरबेटी, बलात्कार केशमा अध्यक्षको दोहोरो चरित्र ! (भिडियो)



प्रकाशित मिति : Jan 01, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. यस्तो पनि मानवता, दुई पटकसम्म ज्युँदो व्यक्तिलाई आर्यघाट पु¥याइयो !

काठमाडौं । आर्थिक हैसियत कमजोर हुनेहरु पल पल मर्नुपर्छ, त्यसै भनिएको होइन रहेछ । सिन्धुपाल्चोक घर भई काठमाडौं गौरीघाट कुमारीबाल बस्दै आएका ६८ बर्षीय बेलबहादुर श्रेष्ठ र उनकी श्रीमति बिक्षु श्रेष्ठ, सिकिस्त बिरामी भएपछि उपचारको साटो घरबेटीले ज्युँदै पटक पटक आर्यघाट पु¥याइदिएपछि पल पल मरेको अनुभुति गरे ।

ज्याला मजदुरी गरी जिवन गुजार गर्दै आएका उनीहरु उमेर ढल्किएपछि काम गर्न सक्ने अवस्थामा थिएनन् । खरीबोट स्थित केपी डंगोलको घरमा बस्दै आएका उनीहरु मागेरै भएपनि मासिक ३ हजार घरभाडा बुझाउँदै आएका थिए । केही साता अघि मात्रै बिक्षु शौचालयमा लडेर घाइते भइन् । पिँठ्यु तथा कम्मरमा चोट लागेपछि आर्थिक अभावकै कारण उपचार गर्ने सकेन ।

२. बलात्कारको घटना मिलाउने गाँउपालिका अध्यक्षको झुट, न्याय माग्दै पीडित परिवार

काठमाडौं । हामीले कार्यक्रममा कपिलवस्तु शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरीलाई पिडकसँग मिल्न गाँउपालिकाका अध्यक्ष निशार अहमद खाँले नै दबाब दिएको देखायौं । हामीसँग कुरा गर्दा गाउँपालिका अध्यक्षले पीडित परिवारलाई दबाब दिएको बिषयमा किशोरी अबिबाहित रहेकाले घटनालाई ठाँउमै मिलाउन आफूले पहल गरेको स्वीकार गरेका पनि देखयौं ।

तर अहिले भने गाउँपालिका अध्यक्ष निशार अहमद खाँले आफ्नो बयान फेरेका छन् । आफूले करणी मुद्दा बारे जानकारी नपाएको र कुटपिटको सामान्य घटना भएकाले मिलाउन प्रयास गरेको भन्दै उनले आफनो बचाउ गरे ।

३. सुरक्षा गार्डले १२ घण्टासम्म खटिदाँ पनि न्युनतम पारीश्रमिक पाएका छैनन् !

काठमाडौं । सरकरले श्रमिकको न्युनतम पारीश्रमिक १३ हजार ४ सय ५० पु¥याएपनि अधिकांश क्षेत्रका श्रमिकले भने सरकारले तोकेको पारीश्रमिक नपाएको गुनासो गरेका छन् । अधिकांश निजी क्षेत्रको सुरक्षार्थ खटिएका सुरक्षा गार्डले १२ घण्टा काममा खटिदाँ समेत न्युनतम पारीश्रमिक पाएका छैनन् ।

सरकारले सातामा ६ दिन ८ घण्टा काम गर्ने श्रमिकले आधारभुत पारीश्रमिक र महङ्गी भत्ता गरी न्युनतम १३ हजार ४ सय ५० तोकेको थियो । सरकारले यस बाहेक शनिबार तथा अतिरिक्त समयको स्केलको १.५ का दरले पाउने व्यवस्था गरेको छ ।

४. जिल्ला अदालत मोरङका कर्मचारीको चरम लापारवाही

मोरङ । जिल्ला अदालत मोरङको आदेश अदालतकै कर्मचारीले सेवाग्राही पीडित बनेका छन् । मोरङ जिल्ला अदालतमा शेमन्तराज अधिकारीले केदार पराजुलीसँग १९ लाख लिनु पर्ने भन्दै मुद्धा हालेका थिए । सोही अदालतमा केदार पराजुलीले १४ लाख ९३ हजार रुपैयाँ धरौटी राखेका थिए ।

शेमन्तराजको मुद्धा सदर गर्दै पराजुलीको धरौटी रोक्का राख्न पत्र पनि दिएको थियो । तर अदालतले नै दिएको रोक्का पत्रको वेवास्ता गदै अदालतका कर्मचारीले पराजुलीको पैसा फिर्ता दिएपछि शेमन्तराज अदालतबाटै अन्यायमा परेको गुनासो गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com