१७ पुष २०७५, मंगलवार

मोरङ । जिल्ला अदालत मोरङको आदेश अदालतकै कर्मचारीले सेवाग्राही पीडित बनेका छन् । मोरङ जिल्ला अदालतमा शेमन्तराज अधिकारीले केदार पराजुलीसँग १९ लाख लिनु पर्ने भन्दै मुद्धा हालेका थिए । सोही अदालतमा केदार पराजुलीले १४ लाख ९३ हजार रुपैयाँ धरौटी राखेका थिए ।

शेमन्तराजको मुद्धा सदर गर्दै पराजुलीको धरौटी रोक्का राख्न पत्र पनि दिएको थियो । तर अदालतले नै दिएको रोक्का पत्रको वेवास्ता गदै अदालतका कर्मचारीले पराजुलीको पैसा फिर्ता दिएपछि शेमन्तराज अदालतबाटै अन्यायमा परेको गुनासो गरेका छन् ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणी ओझाले अदालतले नै रोक्का राखेको धरौटी कर्मचारीले फिर्ता गर्नु अदालतको गम्भीर त्रुटी भएको स्वीकार गर्नु भयो । अदालत स्रोतका अनुसार अदालतको लेखा हेर्ने कर्मचारी शान्तबहादुर थापाले धरौटी फिर्ता दिएका थिए ।

अदालतमा रोक्का रहेको धरौटी रकम पाएपछि केदार पराजुली भने फरार छन् । न्याय सम्पादनका लागि अदालतले दिएको आदेश अदालतकै कर्मचारीको लापरवाही कारण पीडकलाइ फाइदा पुगेको छ भने पीडित न्यायको खोजीमा भौँतारीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV