१७ पुष २०७५, मंगलवार

काठमाडौं । सरकरले श्रमिकको न्युनतम पारीश्रमिक १३ हजार ४ सय ५० पु¥याएपनि अधिकांश क्षेत्रका श्रमिकले भने सरकारले तोकेको पारीश्रमिक नपाएको गुनासो गरेका छन् । अधिकांश निजी क्षेत्रको सुरक्षार्थ खटिएका सुरक्षा गार्डले १२ घण्टा काममा खटिदाँ समेत न्युनतम पारीश्रमिक पाएका छैनन् ।

सरकारले सातामा ६ दिन ८ घण्टा काम गर्ने श्रमिकले आधारभुत पारीश्रमिक र महङ्गी भत्ता गरी न्युनतम १३ हजार ४ सय ५० तोकेको थियो । सरकारले यस बाहेक शनिबार तथा अतिरिक्त समयको स्केलको १.५ का दरले पाउने व्यवस्था गरेको छ । तर अहिले यो तलब माग्दा अधिकांश सेक्युरेटी र्गाडले जागिर गुमाएका छन् ।

उपत्यकामा सञ्चालित १ सय ५ ओटा सेक्युरेडी गार्ड कम्पनीमा करीब २ लाख सेक्युरेटी गार्ड कार्यरत रहेका छन् । तर कुनै पनि सेक्युरेटी कम्पनीले न्युनतम पारीश्रमिक, शनिबार ओभर टाइम केही पनि कार्यान्वयन गरेका छैनन् ।

उनीहरुले श्रम कार्यालय, श्रम मन्त्रालय, श्रम अदालतमा उजुरी गर्दा कम्पनीलाई उपस्थीत हुन, कार्यान्वयन गर्न पत्रचार गर्ने तर कम्पनीले कार्यान्वयनको साटो अनेक बहाना बनाएर जागिरबाट निकालिदिने गरेको छ ।

सेक्युरेटी गार्ड अलवा अधिकांश उद्योग तथा कलाकारखानामा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७१ साउन १ गतेबाट लागु हुने गरी जारी गरेको न्युनतम पारीश्रमिक लागु भएको छैन । तर यसको अनुगमन र कारवाहीमा सरकारी पक्ष उदासिन देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV