१७ पुष २०७५, मंगलवार

काठमाडौं । हामीले कार्यक्रममा कपिलवस्तु शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरीलाई पिडकसँग मिल्न गाँउपालिकाका अध्यक्ष निशार अहमद खाँले नै दबाब दिएको देखायौं । हामीसँग कुरा गर्दा गाउँपालिका अध्यक्षले पीडित परिवारलाई दबाब दिएको बिषयमा किशोरी अबिबाहित रहेकाले घटनालाई ठाँउमै मिलाउन आफूले पहल गरेको स्वीकार गरेका पनि देखयौं ।

तर अहिले भने गाउँपालिका अध्यक्ष निशार अहमद खाँले आफ्नो बयान फेरेका छन् । आफूले करणी मुद्दा बारे जानकारी नपाएको र कुटपिटको सामान्य घटना भएकाले मिलाउन प्रयास गरेको भन्दै उनले आफनो बचाउ गरे ।

मिडियामा आएपछि गाउँपालिका अधयक्षले झुट बोलेपनि बलात्कृत किशोरी बुवा भने अझैं पनि आफ्नी छोरी माथि अन्याय हुन सक्ने भनि डराएका छन् । बलात्कारको घटनाबारे किशोरीका बुवाले पहिले गाउँपालिका अधयक्ष निशार अहमद खाँलाईनै जानकारी गराएका थिए ।

उनले शुरुमा गाँउमै प्रहरीकोमा जान भनेपनि पछि जिल्ला प्रहरीमा जाहेरी नदिई एक दुई लाखमा केश मिलाउन पटक पटक दवाव दिएको पीडित किशोरीका बुवा बताउँछन् ।

गत पुष ७ गते शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ वर्षीया किशोरीलाई सोही स्थानका ३० वर्षीय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV