१७ पुष २०७५, मंगलवार

काठमाडौं । पछिल्लो समय शेयर बजारलाई बढाउन विभिन्न प्रयासहरु भएका छन् । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले पनि पूँजीबजार मैत्री निती लिएका छन् । तरपनि शेयरको विक्रीचाप बढदा नेप्से दबाबमा छ ।

मंगलबारबाट नेप्सेले बैंक राफसाफ सहितको अनलाइन कारोबार सुरु गरेपनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । नेप्से १ दशमलव तीन छ अंकले घटेर १ हजार १ सय ८५ दशमलव ९ एक अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । सरकारले शेयर बाजरको सुधारका लागि पहल गरेपनि राष्ट्र बैंकको दबाबमा बैंकहरुले घटाएको ब्याजदर ब्यबहारमा लागु नहुँदा लगानीकर्ताले विक्री चाप बढाएका छन् ।

त्यस्तै बढेको बजारमा नाफा सुरक्षित गर्नु र ऋण भुक्तानीका लागि पैसाको जोहो शेयर विक्रीबाट गरेकाले विक्रीचाप बढेको छ । जसले कारोबार रकम पनि घटाएको छ । १ सय ५६ कम्पनीको २२ करोड ८५ लाख भन्दा बढि कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर कारोबार सबैभन्दा बढि छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV