१७ पुष २०७५, मंगलवार

उदयपुर । बैदेशिक रोजगारीबाट फर्केर व्यवसायीक खरायो पालनमा लागेका उदयपुर त्रियुगा नगरपालिकाका एक युवा अहिले उदाहरणीय ब्यक्ति बनेका छन् । विदेशबाट फर्केको छ महिनामा नै खरायो पालनबाट राम्रो आम्दानी गर्न सफल बनेका छन् ।

उदयपुर त्रियुगा नगरपालिका ९ रातमाटेका हेमन्त भण्डारी अहिले खरायो पालनमा व्यस्त छन् । तीन बर्ष वैदेशिक रोजगारीमा कतार बसेका उनी छ महिना पहिला नेपाल फेर्केका थिए । पाँच पहिना अघि खरायो पालन सुरु गरेका भण्डरीको व्यवसाय अहिलेृ फस्टाएको छ । २२ वटा खरायोबाट सुरु गरेका उनको फार्ममा अहिले १ सय ५० वटा माउ र तिनका बच्चा छन् । खरायो पालनबाट स्वरोजगार बन्ने कुरा गर्दा हाँसोको पात्र बनेका उनै भण्डारी अहिले सफल खरायो पालकको नामबाट परिचित छन् ।

६ लाख रुपैयाँ लगानीमा व्यवसायीक खरायो पालन गरेका भण्डारीको आम्दानी समेत बढेको छ । खरायो पालनमा सरकारले छुट्टै नीति लिएर प्राविधिक सहयोग गरेमा युवाहरु स्वरोजगार बन्न सक्ने उनको भनाइ छ ।

खरायोको मासु विभिन्न औषधिको रुपमासमेत प्रयोग हुने विश्वास गरिने भएकाले बजारको कुनै समस्या छैन् । बजारमा खरायोको मासुको माग बढ्दै गएको छ । सोहि अनुसार उत्पादन क्षमता बढाउन सके राम्रो आम्दानी हुने विश्वास उनको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV