१७ पुष २०७५, मंगलवार

काठमाडौं । संसारभरि वैज्ञानिक मानिएको अक्षरांकन पद्धति (लेटर ग्रेडिङ सिस्टम) नेपालमा भने असफल बन्दै गएको छ । मूल्यांकनकारी निकायको अक्षमताले गर्दा विद्यार्थीको भविष्यमाथि नै प्रश्न उठ्ने गरेको छ । त्यतिमात्र नभई जीपीए अनुसारको पढाई छान्नुपर्ने नियमले एसईईको ग्रेडिङ प्रणालीमाथि टिप्पणी हुँदै आएको छ ।

चैतबाट एसईई परीक्षा सुरु हुँदैछ । विद्यार्थी उत्कृष्ट ग्रेड हासिल गर्नका लागि मेहेनेतका साथ पढाई गर्दै आएका छन् । तर, ग्रेडिङ प्रणालीकै कारण विद्यार्थीको जीवन ‘भद्दा’ मजाक बन्दै आएको छ । मेहेनतका साथ पढेका विद्यार्थीले ग्रेडिङकै कारण आफूले चाहेको विषय रोजेर पढ्न पाउनेछैनन् ।

अझ भनौं सी ग्रेड भन्दा कम ल्याउने विद्यार्थीले उच्च तहको शिक्षा र रोजगारका लागि आवेदन दिन पाउनेछैननन् । पाएपनि उनीहरुले शिक्षा संकाय भन्दा अन्यमा भर्ना हुन पाउनेछैनन् । यसरी हेर्दा उत्कृष्ट नभएका र औसत विद्याथी नै भविष्यमा शिक्षा संकाय अध्ययन गरेर शिक्षक बन्नेछ । अरु ग्रेड आएका विद्यार्थीले पनि शिक्षा संकाय पढ्न पाएपनि धेरैको रुची विज्ञान र व्यवस्थापन तर्फ नै केन्द्रित हुने गर्दछ ।

ग्रेडिङ प्रणाली सुरु भएयता शिक्षा संकायमा विद्यार्थीको भर्ना दर

  • – २०७३ मा ७२ हजार ६ छ सय २३
  • – २०७४मा १ लाख ४३ हजार ८ सय ८७
  • – २०७५ १ लाख २९ हजार ५ सय ३९

अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि अनुसार, ४० देखि ५० प्रतिशतसम्म अंक ल्याएका विद्यार्थी ग्रेड ‘सी’ मा पर्छन् । उच्च शिक्षा वा रोजगारीमा आवेदन दिन न्यूनतम ‘सी’ आवश्यक हुनुको सोझो अर्थ ४० प्रतिशतभन्दा कम ल्याएका ‘अनुत्तीर्ण’ हुनु जस्तै हो । यसरी हेर्ने हो भने १०० पूर्णांकमा ४० भन्दा कम ल्याउनुलाई अक्षरांकन पद्धतिले अनुत्तीर्ण मानेको देखिन्छ । तर, तिनै विद्यार्थी शिक्षा शंकायमा अध्ययन गरेर भविष्यमा शिक्षण पेशाका लागि योग्य ठहरिन्छन् ।

प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिने र परीक्षा नियन्त्रण कार्यालयले त्यही अंकलाई ग्रेडमा रूपान्तर गर्ने हुँदा विद्यार्थीको अध्ययन शैली र भविष्यको शिक्षा पद्धतीमाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV