१७ पुष २०७५, मंगलवार
  • सुरेश श्रेष्ठ,

दाङ । नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले सरकारको नेतृत्व गर्ने डेरामा बसेको र घरभेटिसँग जोरी खोजिरहेको जस्तो आभाष भइरहेको संज्ञा दिएका छन् । जनता घरभेटी र सत्ता सञ्चालन गर्नेहरु डेरावाल भएको भन्दै जनअपेक्षा अनुसार काम वर्तमान सरकार, सत्ता सञ्चालकहरुले गनै नसकेको आरोप लगाए ।

नेपाली काँग्रेस क्षेत्र नं ३ दाङले तुलसीपुरमा मंगलबार आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै पुर्वमन्त्री बलायरले ‘डेरामा बसेर घरभेटिसँग जोरी खोज्ने काम अहिले भइरहेको छ । यो कति सान्दर्भिक हुन्छ ?’ प्रति प्रस्न गरे ।

यस्ताले देशको हितमा कसरी काम गर्लान्, यसमा सबै भन्दा अगाडि माओवादी अध्यक्ष प्रचण्ड रहेको बताए । प्रचण्ड जी, केपी ओली जीको घरमा डेरा बस्नु भएको छ, उहाँकै बढी चुरी फुर देखिन्छ’ बलायरले भने ।

अर्को प्रसङ्गमा उनले भने, ‘वर्तमान सरकारले नेपालको अन्तरष्ट्रिय बेज्जेत गराएका छन । पछिल्लो समय भएका केही सरकारी गतिविधिका कारण नेपाल अन्तराष्ट्रिय जगतमा बेइजत भइरहेको भइरहेको छ ।’

इन्डोनेसियामा भएको दुखत घटनामा राज्यले दिएको सन्देशले विश्वभरी नै नकारात्मतक प्रभाव परेको र मुलुकै लागि बेइजती भएको बताए । ‘सामाजिक सञ्जालमा प्रधान्मन्त्रीलाई गाली गरेको आरोपमा धेरै ब्यक्ति समातेर जेल हालिएको छ, तर सरकार आफैले समवेदना दिने र दुख मनाउने ठाउँमा बधाई दिएर विश्वलाई हँसाएको छ । बलायरले भने ।

यस्तो गर्ने सरकारका प्रमुखलाई जेलसम्म हाल्न सक्नुपर्छ, सामाजिक सञ्जालमा लेख्नेलाई हैन । देशको बेज्जेत गराउनेलाई नेपाली नछोड्ने बर्ता । उनले सरकारको हर्कत गरी राखे सरकारका विरुद्धमा आन्दोलन हुने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV