१७ पुष २०७५, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कर्मचारी कै मिलेमतोमा जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यलय ओखलढुंगाको ध्यानाकषर्ण गराएको छ ।

जिल्लाको चम्पादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलशीराम भगत तथा लेखापाल मिलन लुईटेलको मिलेमतोमा गाउँपालिकाले अनियमितता गरेको भन्दै प्रशासनको ध्यानाकषर्ण गराएको हो । सरकारी कर्मचारीकै मिलेमतोमा गाउँपालिकाको वडा नम्बर तीनमा रहेको घडेरी सम्याउने निहुमा लाखौ रुपैया ब्यक्तिगत रुपले निकासा गरी अपचलन गरेको, कामै नभएको आयोजनामा वडा अध्यक्षको किर्ते सिफारीस बनाई रकम भुक्तानी दिएको र कानुन भन्दा बाहिर गएर शिक्षक, ईन्जिनियर, सब ईन्जिनियर तथा प्रविधिक नियुक्ति गरेको भन्दै छानबिन गरी कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।

नेकपा चम्पादेवी गाउँपालिका अध्यक्ष खड्ग बहादुर कार्कीद्वारा हस्ताक्षरित ध्यानकषर्ण पत्रमा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित आर्थीक चलखेल गरी अफुखुसी कर्मचारी भर्ना तथा विकास निर्माणका काममा अनियमतिता गर्ने गरेको आरोप लगाइएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिको अनियमितताका विरुद्ध नेकपाको सरकार रहेका सोही गाउँपालिकाका केही वडा पलिकाहरुको समेत समर्थन रहेको छ ।
प्रमुख जिल्ला अधिकारी मुना न्यौपाने ध्यानाकषर्ण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष तथा कर्मचारीलाई झिकाई सत्य तथ्य पत्ता लाउने आस्वाशन दिए ।

नेकपाका चम्पादेबी गाउँपालिका अध्यक्ष खड्ग बहादुर कार्कीले पहिलो चरणमा गाउँपालिकालाई ध्यनाकर्षण पत्र बुझाएको भएपनि कुनै वास्ता नगरेपछि बिरोध स्वरुप चरणबद्ध रुपमा अगाडि बढ्नु परेको बताए ।

यसअघि नेकपाले कर्मचारीको अनियमितता बिरुद्ध गत सोमबार गाउँपालिका कार्यलयमा तालाबन्दी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV