१७ पुष २०७५, मंगलवार

जकार्ता। इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् ।

सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रुपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताहरुले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको समाचारमा जनाइएको छ । “बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताहरुले लगातार खोजी गरिरहेका छन्,” एक अधिकारीले भने ।

उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरुलाई खोज्ने कार्य भइरहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV