१७ पुष २०७५, मंगलवार

काठमाडौं, १७ पुष । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लव सशस्त्र प्रहरीको एपीएफ क्लवसँग चार एक गोल अन्तरले स्तब्ध बनेको छ । उता अर्को खेलमा भने च्यासल सरस्वतीसँग दुइ एक गोलले निराश बनेको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा घरेलु मैदानको फाइदा उठाउँदै एपीएफले २० औं मिनेटमा गोलको खाता खोलेको थियो । राजेन्द्र रावलले एपीएफलाई अग्रता दिलाउन सफल भएका थिए । त्यसपछि २८ औं मिनेटमा हरि कार्कीले एपीएफको अग्रता दोब्बर पार्दा ४३ औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको अन्तर तीन शुन्यमा पु¥याएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा पुलिसका अजित भण्डारीले गोल गर्दै गोल अन्तरलाई तीन एकमा छोट्याएका थिए । तर दोस्रो हाफमा पुलिस खेलमा फर्कन नसक्दा एपीएपका लागि ८५ औं मिनेटमा युवराज खड्काले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेका थिए ।

उता सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा सरस्वती क्लवसंग च्यासल दुई एकले पराजित भएको छ । च्यासलले एक गोलको अग्रता जोगाउन नसक्दा हारको बाटो रोज्नु प¥यो । खेलको १४ औं मिनेटमा सजिन थापामगरले सरस्वतीको रक्षापंक्तीका खेलाडीको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए । पहिलो हाफमा एकगोलले पछि परेको सरस्वतीले खेलको अन्तिम १० मिनेटमा दुई गोल फर्काएर जित सुनिश्चित गरेको थियो ।

८६ औं मिनेटमा मनिष थापाले फ्रिकिक मार्फत गर्दा इन्जुरी समयको पाँचौ मिनेटमा विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई महत्वपूर्ण विजय दिलाएका थिए । जितसँगै एपीएफले १२ खेलबाट २० अंक बटुलेको छ भने पुलिसको हातमा १८ अंक छ । यस्तै सरस्वतीको १२ खेलबाट १३ अंक बटुल्दा च्यासलको हातमा १५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV