१७ पुष २०७५, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि बैंक ईन्टिग्रेसन सहितको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागु गरेको छ ।

कात्तिक २० गते देखि सुरु गरेको अनलाइन प्रणालीमा चारवटा बैंकबाट कारोबार गर्न मिल्ने गरि सुधार गरेको हो । नेप्सेले तोकेका बैंकहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाट शेयर कारोबार गरेपछि बैंकबाटै कारोबार राफसाफ गर्न सक्ने छन् । नेप्सेले ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता भएका लगानीकर्ताले शेयरको राफसाफ बैंकबाटै गर्न सक्ने व्यवस्था गरेको हो ।

यो प्रणाली लागु भएपछि लगानीकर्ताले ब्रोकरबाट युजरनेम लिएर शेयर कारोबार गर्न सक्ने छन् । नगद भुक्तानी समेत बैंकबाटै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV