१७ पुष २०७५, मंगलवार
  • ज्योतिकुमार पन्थी,

गुलरिया १७ पुस । बर्दियास्थित ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण ओलीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन । हार्डवेयर सामग्री तस्करलाई छुटाउन भन्दै प्रहरी निरीक्षक ओलिलाई घुस दिन खोजेको भन्दै भारत बहराईच जिल्ला मोतिपुर थाना बलैगाउँका ३५ बर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको हो ।

भारतबाट अवैध रूपमा तस्कर गरि ल्याउन लागिएको हार्डवेयरका सामग्रीसहित पक्राउ परेका बलैगाउँ निवासी २२ बर्षीय सिगानिया चौधरी, १८ बर्षीय राम बिकास चौधरी, १७ बर्षीय भानु चौधरी र २२ बर्षीय सुनिल चौधरीलाई छुटाउन भन्दै १० हजार घुस दिन खोजेका कारण पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

ओलीले तस्करीमा संलग्न ४ जनालाई छुटाउन भन्दै आएका बिकासले जवरजस्ती आफुलाई घुस दिन खोजेपछि उनलाई समेत पक्राउ गरि अनुसन्धान शुरू गरिएको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV