१७ पुष २०७५, मंगलवार

काठमाडौं । नेपाली काँग्रेस भित्र त्यागी र समर्पित नेताको छबि बनाउनु भएका कुलबहादुर गुरुङ अर्थात केबी गुरुङ वीपी कोइरालाको मेलमिलापको नीतिलाई नजिकबाट जान्ने नेता पनि मानिनु हुन्छ ।

वीपी मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कनु अघि नेपाल फर्कनु भएका गुरुङ मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको बताउनु हुन्छ । नेपाली काँग्रेसको वर्तमान नेतृत्वप्रति निराश देखिनु भएका गुरुङ अहिलेको नेतृत्वबाट काँग्रेसले न्याय नपाउने जिकिर पनि गर्नुभएको छ ।

वीपीले मेलमिलापको नीति लिएर स्वदेश फर्कदा मुलुक दुर्घटनाको ठूलो शिकार बन्न सक्ने अवस्थाबाट जोगिएको विश्लेषण गर्नु हुने नेता गुरुङले न्यूज २४ को नियमित प्रस्तुति ‘इस्युज अफ द डे’ (आइओडी)मा भन्नुभयोः वीपीको महानता मुलुकको स्वाधीनता र राष्ट्रियतासँग गहिरोसँग गाँसिएको थियो ।

‘वि.सं. २०३३ साल पुष १६ गते बीपी भारतबाट काठमाडौं फर्कनु भएको थियो । यसरी बीपी फर्कनुभएपछि धेरै मानिसहरुले बीपी फर्कनुहुन्नथ्यो भन्ने गर्थे’, नेता गुरुङले भन्नुभयो । उहाँले थप्नु भयो, ‘यम बहादुर थापा र अर्को उनका साथी मारिसकेपछि मात्र राजाले थापा पाउनुभएको थियो । यो कुरा राजा वीरेन्द्रले स्वीकार गरिसक्नु भएको थियो । यस्तो समयमा बीपी स्वादेश फर्कनु खतरापूर्ण थियो । त्यसैले बीपीका सच्चा अनुयायी मात्र नभएर अलि अलि मन पराउनेले समेत उहाँ फर्कनुहुन्न थियो, भनेका थिए ।’

देशलाई बचाउनका लागि हामीले देश भित्रै रहेर संघर्ष गुर्नुपर्छ, भन्ने उदेश्य लिएर बीपी स्वादेश फर्कनु भएको बताउँदै नेता गुरुङले भन्नुभयो, ‘देश बाहिर बसेर देशलाई बचाउने कुरा ग¥यौं भने हामीलाई पाप लाग्छ । प्रजातन्त्र फर्काउनका लागि स्वादेशमै बसेर संघर्ष गर्नुपर्छ भन्ने उदेश्यका साथ बीपी काठमाडौं फर्किनु भएको हो ।’

नेता गुरुङका अनुसार बीपी जेल भित्रै रहेर पनि देशको लागि संघर्ष गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । राजा र बीपी मात्रै बसेर कुराकानी गरिसकेपछि राजा कन्भिन्स हुनु भएको थियो । तर त्यस समयमा राजा बाहेक अन्यले भने बीपी मरिदिए हुन्थ्यो, लगाएतका धारणा राख्ने गरेको नेता गुरुङले बताउनुभयो ।

तर यसरी बीपीको कुरामा राजा कन्भिन्स भइसकेपछि देशका लागि बीपी अगाडि बढ्नुपर्छ भन्नुभएको थियो । त्यस्तै ‘मैले देशको लागि संघर्ष गरिन भने, त्यसको दोष मलाई लाग्छ, बीपीले भन्नुभएको थियो’ नेता गुरुङले भन्नुभयो ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

LIVE TV