१७ पुष २०७५, मंगलवार
  •  मनोज श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तु नगरपालिका – १० पचेहराका ६२ बर्षे रामबृक्ष केवट तरकारी खेतीबाट मालमाल अर्थोपार्जन गरिरहेका छन् । तरकारी खेतीबाट उनले छोटो समयमै लाखौ सम्पति कमाउँन सफल भएको बताउँछन् । ४ दशक अघिसम्म उनलाई खान लाउन समेत समस्या थियो ।

उनले आलुसहीत तरकारी खेतीबाट अहिले बार्षिक ५ लाख बढी आम्दनी गर्ने गरेको बताउछन् । दुई बिघा जमिनमा लगाएको आलुबाट यस बर्ष ४ लाख बढी आम्दानी गरेको उनले बताए । उनले भने- ‘ यस बर्ष प्रथम पुस्ताको बिउ ३५ क्युन्टल र दोश्रो पुस्ताको ५ क्वीनटल बिउ उत्पादन गरे प्रथम पुस्ता ढेड सय र दाश्रो पुस्ता प्रति किलोको दरले उनले बेच्दै छु । टिपिएस प्रबिधिबाट उत्पादीत आलुको बीउ नै उनको मुख्य आम्दानी हो । उत्पादन भएको प्रथम र दोस्रो पुस्ताका बीउलाई भैरहवा स्थित चिस्यान केन्द्रमा राख्ने गरेको छु ।’

उनले उत्पादन गरेका आलु कार्तिक मंसरमा बिक्रि गर्छन । टिपिएस आलु बिक्री गर्ने अगुवा कृषक मानिएका उनले आफुले बिगत १५ बर्ष भन्दा बढी सयम देखि आलु खेतीबाट राम्रो आम्दानी गरेको बताए । ‘ तयार भएको आलु र बीउ दुबै बिक्रीकोलागि कुनै समस्या छैन, घर मै किन्न आउछन ’ उनले भने ।

कृषि ज्ञान केन्द्रले टिपिएस आलुको बिउ किन्न आफुकोमा कृषकहरुलाई पठाउने गरेको उनले बताए । ‘ आलु खेती फापेको छ, हरेक बर्ष टिपएिस आलुको बीउ बेचेर बर्षिक न्युनतम ३ लाख बढी आम्दानी गर्दै आएको छु ’ उनले भने । यस्तै उनले ढेड बिछामा लगाएको तरकारीबाट बार्षिक २ लाख बढीको तरकार बिक्री गर्ने गरेका छन् । उनले आलु र तरकारी खेतीलाई जीविकोपार्जनको मुख्य आधार भएको बताए । शुरुमा यहाँ आउँदा पाँच कठ्ठा जग्गा खरीद गरी तरकारी खेती सुरु गरेका थिए ।

आलु खेतीबाटै उनले १५ कठ्ठा खडेरी र ४ बिघा खेत जोडेको छन् । १५ कोठे पक्की भवन, मुख्य बाटो छेउमा ४० लाख भन्दा बढी मूल्य पर्ने छ कठ्ठा घडेरी र लाखौ रुपैया बैंक ब्यालेन्स उनीसंग । ‘ पैसा कमाउन बिदेश जानु पर्दैन, मिहिनेत र परिश्रम गरे घर मै बसेर बिदेश भन्दा बढी कमाउन सकिन्छ’ कक्षा ७ सम्म मात्र पढेका उनले भने ।

सुरुमा आफन्तहरुसँग ऋण र सापटी लिएर घरको खर्च टारेका रामबृक्षले अहिले तिनीहरुलाई नै सापटी दिने गरेका छन् । यही खेतीबाट आर्जन गरेका उनले छोरा रामशुभमलाई सिएमए सम्म पढाएका छन् । खेतीको लागि चाहिने पम्मसेट, ढिकी पम्प लगायतका कृषि सामाग्रीसमेत उनी संग छ ।

कृषि कार्यालय बाट प्राविधिक सहयोग पाएका उनले कृषि उपज बिक्रीका लागि बिक्री केन्द्र, चिस्यान घर तथा बजार ब्यवस्थापन सरकारले तत्कालै मिलाउनु पर्ने माग गर्छन् । रामबृक्षलाई उनका पुरै परिवारले खेतीलाई सघाउदै आएका छन् ।

आफ्नो पेशाप्रति सन्तुष्टी ब्यक्त गर्दै उनले यहि पेसा नै आफूहरुको जिवनको आधार रहेको बताए । तरकारी जोनका प्रमुख राकेश आझोले अगुवा कृषकका रुपमा रहेका रामबृक्षले आफु आलुको बिउ उत्पादन गर्ने प्रमुख कृषक रहेको बताए । उनले उनकै प्ररणणले अरु कृषकहरु समते आलु खेती तर्फ लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV