१७ पुष २०७५, मंगलवार

काठमाडौं, १७ पुष । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

आज बसेको सुनुवाई समितिको बैठकमा राणाले सांसदहरुको प्रश्नको जवाफ दिएपछि समितिले प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । राणाले सबुत, बयान र कानून टेकेर नै मुद्दाको फैसला गरेको भन्दै सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।

विशेष अदालतमा रहँदा पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाइ दिँदा कानुनको तोडमोड गरिएको भन्दै तत्कालीन न्यायाधीश सुशीला कार्की (प्रधानन्यायाधीशबाट अवकाश) समेतको बेन्चबाट छानबिन र कारबाहीका लागि न्यायपरिषद्मा लेखी पठाइएको विषय प्रस्ट्याउन सांसदहरूले माग गरेका थिए ।

जवाफमा जबराले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीलाई सफाई दिएको विषयमा जबराले ठहर खण्डमा नभई तपसिल खण्डमा मात्र न्यायपरिषदा लेखि पठाइएको र तत्कालीन न्यायपरिषदा छलफल भई तामेलीमा राख्ने निर्णय भइसकेको बताएका थिए ।

सांसदहरुसँगको प्रश्नोत्तरपछि समिति सभापति लक्ष्मण लाल कर्णले प्रधानन्यायाधीशका लागि राणालाई सर्वसम्मतले अनुमोदन गरेका थिए । गत मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतिबाट सिफारिस गरेको थियो ।

२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने उमेर हदका कारण आजदेखि नै अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV