१७ पुष २०७५, मंगलवार

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आज पनि जारी छ । यसअघि अाइतबार सुनुवाइ भएकाे थियाे तर छलफल नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

अाइतबार संसद् सेवाका कर्मचारीले कार्यालय समयबाहेक अतिरिक्त समय काम नगर्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेकाले सुनुवाइ पनि प्रभावित भएको थियो । अाइतबार १० जना सांसदले जबरासँग प्रश्न साेधेर जवाफ माग गरेका थिए ।

केही सांसदकाे बाेल्ने पालाे अाएकाे थिएन । उनीहरु अाज जबरालार्इ प्रश्न गर्दै छन् । प्रश्नपछि जबरालाई जवाफका लागि समय दिइने जनाइएकाे छ । जबराविरुद्ध समितिमा ९ वटा उजुरी परेका छन् ।

पुस १७ गतेबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीश सिफारिस गर्दै सुनुवाईका लागि संसदीय समितिमा पठाएको थियो । सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV