१७ पुष २०७५, मंगलवार

बेरुत । सिरियामा जारी द्वन्द्वका क्रममा आठ बर्षको अवधिमा यस बर्ष सवैभन्दा कमको मृत्यु भएको छ । सन् २०१८ मा २० हजारभन्दा कमको मृत्यु हुँदा बार्षिक अहिलेसम्मकै सवैभन्दा कमको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार यस बर्ष १९ हजार ६६६ जना द्वन्द्वका कारण मारिएका छन् । “सिरियामा जारी द्वन्द्वका कारण मृत्यु हुनेहरुको बार्षिक तथ्याङ्कमा सन् २०१८ मा सवैभन्दा धेरैको मृत्यु भएको विवरण प्राप्त भएको छ,” सो सङ्स्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भन्नुभयो ।

यो तथ्याङ्क द्वन्द्व सुरु भएदेखि अहिलेसम्मकै सवैभन्दा कम भएको उहाँले बताउनुभयो । सो तथ्याङ्क बृहत सन्जाल मार्फत् विभिन्न श्रोतहरु परिचालन गरेर संकलन गरिएको उहाँको भनाई छ ।

यसअघि सन् २०१७ मा भने बर्षभरीमा अहिलेको भन्दा बढी ३३ हजार जना मारिएका थिए । सवैभन्दा धेरै सन् २०१४ मा मारिएको तथ्याङ्क छ । सो बर्ष ७६ हजार व्यक्ति मारिएको जनाइएको छ ।

सन् २०१८ मा मारिएका मध्ये छ हजार ३४९ जना सर्वसाधारण र एक हजार ४३७ जना बालबालिका रहेको पनि अब्देल रहमानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV