१७ पुष २०७५, मंगलवार

रियो दि जेनेरियो । ब्राजिलको राष्ट्रपतिमा हालै निर्वाचित बनेका जाइर बोल्सोनारोले आफूले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ब्राजिलमा बन्दूक राख्न पाउने कानूनको व्यवस्था गर्ने घोषणा गर्न लागेको बताउनुभएको छ ।

बोल्सोनारोले शनिबार ट्वीटरमार्फत एक सन्देश जारी गर्दै भन्नुभएको छ, निर्वाचन अभियानका समय बन्दूक राख्न पाउने कानूनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता अनुरूप नै आगामी दिनमा कानूनी व्यवस्था गरिने बताउनुभयो । पूर्व सैनिक क्याप्टेनबाट राष्ट्रपतिमा निर्वाचित बोल्सोनारोले जनवरी १ देखि पदभार सम्हाल्नुहुनेछ ।

ब्राजिलमा बन्दूकजन्य हतियारलाई राख्नका लागि निकै कडा कानूनी प्रावधान रहेको छ । नागरिकले हतियार राख्न लामो प्रक्रियापछि अनुमतिपत्र पाउने गर्छन् भने निकै थोरै हतियार मात्र नागरिकलाई विक्री गरिन्छ ।

ब्राजिलमा बन्दूक राख्न कानूनी जटिलता हुँदाहुँदै पनि गाली हानी हत्या गर्ने समस्या देखिँदै आएको छ । सन् २०१७ मा ब्राजिलमा सबैभन्दा धेरै ६३ हजार मानिसको मृत्यु भएको थियो ।

सन् २००५ मा हतियार विक्रीमा रोक लगाउने वा नलगाउनेबारेमा जनमत सङ्ग्रह भएको थियो । जसमा ६४ प्रतिशत जनसङ्ख्याले बन्दूक राख्ने अधिकारको पक्षमा मतदान गरेका थिए ।

 – एपी

प्रतिक्रिया दिनुहोस्

LIVE TV