१७ पुष २०७५, मंगलवार

एजेन्सी | रुसको एक अपार्टमेन्टमा नयाँ २०१९ काे सुरुअातमै शक्तिशाली विस्फाेट भएकाे छ । ग्रामीण पहाडी इलाकामा रहेकाे माग्नितोगोर्स्क शहरमा अपस्थित साे भवनमा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

विस्फाेटपछि अपार्टमेन्टकाे बीचकाे अाधा भाग ध्वस्त भएकाे छ । त्यहाँ  ४८ अपार्टमेन्ट क्षतिग्रस्त भएकाे जनाइएकाे छ । तीन दर्जनभन्दा बढी मानिस सम्पर्कविहीन छन् । उनीहरु भग्नावशेषमा फसेकाे अाशंका गरिएकाे छ ।

Image result for blast in russia 2019

अपार्टमेन्टमा मानिसहरु नयाँ वर्ष मनाइरहेका बेला साे विष्फोट भएकाे हाे । अपार्टमेन्टमा १२० जना मानिस बस्दै आएकाे त्यहाँका अधिकारीले जनाएका छन् ।

रुसकाे राजधानी मस्काेबाट करिब १४ सय किमी टाढा दक्षिणपूर्वमा रहेकाे साे भवनको भग्नावशेषबाट ५० जनालाई जीवितै उद्धार गरिएको जनाइएकाे । त्यसमा सात जना बालबालिका समेत छन् । घटना परी घाइतेहरु भएकाहरुलाई अस्पताल भर्ना गरिएकाे छ ।

Related image

भग्नावशेषमा थप मानिस पुरिएको हुन सक्ने र उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने बताइएकाे छ । घटनापछि साे स्थलमा अाधुनिक उपकरणसहित अापतकालीन उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।  त्यहाँकाे तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म रहेकाेले फसेकाहरुकाे चाँडाे उद्धार प्रयास जारी छ ।

घटना लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गर्दै दु:ख व्यक्त गरेका छन् । उनले उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा समेत जनाएका छन् । साे विस्फाेट ग्यास लिक भएर फड्किँदा भएकाे जनाइएकाे छ । घटनाबारे विस्तृत विवरण अाउन बाँकी छ ।

Emergency Situations employees seek for survivors. Picture: AP

प्रतिक्रिया दिनुहोस्

LIVE TV