१७ पुष २०७५, मंगलवार

काठमाडाैं। आज नेपाली पोशाक दिवस ।

आजकै दिन नेपालमा ढाका टोपी दिवस पनि मनाउने गरिन्छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पौष १७ गतेका दिन नेपाली पोशाक र अंग्रेजी नयाँ वर्षको दिन ढाका टोपी दिवस मनाउन थालिएको हो । अंग्रेजी नयाँ बर्षको दिन पारेर अन्तराष्ट्रिय जगतमा समेत जानकारी दिन भन्दै नेपाली ढाका टोपी र पोशाक दिवस मनाउन थालिएको हो ।

राजधानी लगायत देशका विभिन्न स्थानमा अंग्रेजी नयाँ बर्षको शुभारम्भमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ । त्यसैगरी दौरा सुरुवाल र गुन्यू चोली र पटुकी सहित नेपाली पोशाक दिवस समेत यस वर्ष आजकै दिन मनाईदैं छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल, ढाका टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोसाकबाट खारेज राष्ट्रिय पोशाक र ढाका टोपी दिवश मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV