१७ पुष २०७५, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनालाई बधाई ज्ञापन गर्नुभएकाे छ । हालै सम्पन्न बंगलादेशकाे आमनिर्वाचनमा हसिनाको सत्तारुढ दल अवामी लिगले बहुमत हासिल गरेकाेमा प्रम अाेलीले उहाँलार्इ बधार्इ दिनुभएकाे छ ।

सोमबार साँझ फोन गरी प्रम अाेली चाैथाेपटक प्रधानमन्त्री बन्ने तर्खरमा रहनुभएकी हसिनालार्इ बधाई दिनुभएकाे हाे । उहाँले हसिनालाई आगामी यात्राको सफलताको शुभकामना समेत दिनुभएकाे छ ।

कुल ३०० संसदीय क्षेत्रमध्ये हसिनाकाे दलले २८१ स्थानमा बहुमत हासिल गरेकाे जनाइएकाे छ । स्थानीय समय अनुसार मतदान आइतबार अपराह्न चार बजेसम्म भएको थियो । तर विपक्षीले भने मतपरिणाम अस्वीकार गर्दै निर्वाचनमा व्यापक धाधली भएकाे अाराेप लगाएका छन् ।

 प्रधानमन्त्री हसिनाकाे दललाई भारी बहुमत : २८१ क्षेत्रमा जित, विपक्षीद्वारा पुन: निर्वाचनकाे माग

प्रतिक्रिया दिनुहोस्

LIVE TV