१६ पुष २०७५, सोमबार

काठमाडौं । विश्वकै उत्कृष्ट मानिएको मासा कम्पनीको प्रविधिमा आधारीत ब्लक, इटा तथा टायल बनाउने उद्योग नगलपरासीमा संचालनमा आएको छ । ९० प्रतिशत स्वदेशि कच्चा पदार्थको प्रयोगबाट बनाइने हुँदा सस्तो, बलियो र भरपर्दो भएको कम्पनीको दावी छ ।

जर्मनिको मासा कम्पनीको प्राविधिक सहयोगमा एशियन कंक्रिटोले व्यवसायिक उत्पादन सुरु गरेको हो । २ अर्ब लगानीमा संचालीत उक्त उद्योगले आधुनिक प्रविधिमार्फत उत्पादन सुरु गरेपछि बजारमा सस्तो मूल्यमा बलियो इटा तथा टायल पाउन सकिने दाबी कम्पनीको छ । दैनिक ५ सय टन उत्पादन क्षमता रहेको उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्छ ।

पुर्ण रुपमा कम्पुटर प्रणाली मार्फत संचालन भएको उद्योगले उत्पादन गर्ने कुनै पनि वस्तु सबै प्रकारका निर्माण कार्यमा प्रयोग गर्न सकिने दाबी कम्पनीको छ । उद्योगलाई आवस्यक ९० प्रतिशत कच्च पदार्थ स्वदेशमै उपलब्ध हुन्छ । १५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाइने हुँदा उत्पादनहरू एकदमै मजबुत, बलियो, टिकाउ हुने दावी कम्पनीको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV