१६ पुष २०७५, सोमबार

काठमाडौं । वर्ष सन् २०१८ मा विश्वमा पुराना प्रवृत्ति नयाँ ढंगले देखा परे । विश्व राजनीतिक मञ्चमा नयाँ खेलाडीको प्रदर्शन चर्चाको विषय बन्दा सन् २०१७ को आंशिक प्रभाव प¥यो सन् २०१८ मा । सन् २०१८ मा अघिल्लो वर्षमा रहेका कतिपय विषयले नयाँ मोड लियो भने कतिपयको पुरानो गतिमा परिवर्तन देखिएन ।

सन् २०१७ भरी संसारको टाउको दुखाइको विषय बनेको उत्तर कोरियाको आणविक कार्यक्रम सन् २०१८ भरी नै सुनसान रह्यो । उत्तर कोरिया र अमेरिकाबीच पहिलोपटक उच्चस्तरीय वार्ताले युद्धउन्मुख दुई देशबीचको सम्बन्ध केही सुधारेको दावी गरिएपनि पूर्ण विश्वासको वातावरण भने बनिसकेको छैन । अमेरिका र चीनबीच देखिएको व्यापार तथा प्रविधिको युद्ध, पश्चिमा शक्ति राष्ट्र र रुसबीचको कूटनीतिक तथा साइबर संघर्ष, पश्चिम एसियाली राष्ट्रमा देखा परेको युद्धको समस्या, साउदी पत्रकार जमाल खसोग्गीको हत्या आदि विषयले विश्व राजनीतिक मञ्चमा राम्रै चर्चा पायो ।

सन् २०१८मा चर्चित राजनीतिक घटना :

  • – अमेरिका र चीनबीचको व्यापार युद्ध
  • – शक्तिराष्ट्रबीच बढ्दो साइबर संघर्ष
  • – युद्धका कारण विश्वमा लाखौं मानिस विस्थापित
  • – ट्रम्प र किम जोङ–उनबीच सिंगापुरमा वार्ता
  • – अमेरिका, इराक, इरान, साउदी अरेवियामा पत्रकारमाथि अंकुश
  • – साउदी पत्रकार जमाल खसोग्जीको हत्या
  • – ईयूबाट बेलायतको बहिर्गमन
  • – भ्रष्ट राजनीतिज्ञविरुद्ध अभियोग
  • – इरान र साउदी अरबसँग चिसिएको अमेरिकाको सम्बन्ध
  • – पहेंलो ज्याकेटले पेरिसमा ल्याएको तरंग
  • – भारतमा बढ्दो कांग्रेसको लोकप्र्रियता
  • – बंगलादेको सत्तामा शेख हसिना ‘ह्याट्रीक’

वार्तादेखि व्यापार युद्धसम्म यसै वर्ष भए । अमेरिकी अभिनेत्रीले सुरु गरेको ‘मी टुु’ अभियानले मन्त्रीसम्म मुछिए । रुस विश्वकपले फुटबल जगतमा निकै ठूलो तरंग ल्यायो ।

सन् २०१८ साक्षी बनेको वर्ष :

  • – रुस विश्वकपबाट नयाँ राष्ट्रको उदय
  • – विश्व विजेता ‘फ्रान्स’ बनेपनि चर्चामा ‘क्रोएसिया’
  • – मेसी, रोनाल्डोपछि चर्चामा लुका मोड्रिच
  • – बालोन डिओरमा १० वर्षदेखिको सिन्डिकेटको अन्त्य
  • – सुनामी र आँधीले धेरैलाई घरवारविहीन बनायो

त्यसबाहेक यौन उत्पीडनविरुद्ध सुरु भएका ‘मी टु’ अभियान विश्वव्यापी बन्यो । फिल्म, कला र मिडियामा रहेका महिलाले आफूमाथि भएको प्रताडना, यौन उत्पीडनका घटनाबारे खुलेर बेल्दा धेरैले पदबाट राजीनामा दिनु प¥यो ।

वर्ष २०१८ लाई फर्केर हेर्दा अधिकांश समय विश्व राजनीति अमेरिकाकै केन्द्रमा रह्यो । युद्धभन्दा पनि वार्ता गर्ने प्रवृत्ति विकसित भयो । तर, साइबर आक्रमण र व्यापार युद्धले सन् २०१९मा ठूलै परिवर्तन ल्याउने संकेत मिलिसकेको छ । यद्यपी, वर्षभर भएका केही उथलपुथलका घटनाले धेरैलाई पाठ भने सिकाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV