१६ पुष २०७५, सोमबार

काठमाडौं । के फर्किएको हो त म्यानचेष्टर युनाइटेड लयमा । विश्वमा सर्वाधिक बढी फ्यान भएको र विश्वका धनी मध्येको एक मानिएको यो क्लब विगत केही बर्षदेखि ठूलो प्रतियोगिताको उपाधिविहीन छ । विश्वकै सफल मानिएका प्रशिक्षक जोसे माउरिन्होलाई असफल बनाएको यो क्लबले हालै कायममुकायम प्रशिक्षककोरुपमा आफ्ना पूर्व खेलाडी ओले गनर सोलस्जारलाई भित्र्याएको छ । के छ उनमा जादूको त्यस्तो छडी , जस्ले क्लब सम्हालेपछि म्यानचेष्टरले इंग्लिस प्रिमियर लिगको पछिल्लो निरन्तर तीन खेल जित्दै तीन खेलमा १२ गोल गर्न सफल भएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले हरायो । म्यानचेष्टर युनाइटेडको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यता, बोर्नेमाउथका लागि नाथन एकेले गोल फर्काएका थिए । जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक कमाएको छ ।

‘तपाई एउटा सफा पाना राख्नु होस तर त्यस्मा कलमको निब कसरी चलाउने भन्ने तपाईले हेक्का पु¥याउनु पर्ने हुन्छ, बस त्यस्ले तपाईको भाग्य निर्धारण गर्छ’ । सोलस्जारको जवाफ हो यो । हरेक खेलमा आक्रमक रणनीति रुचाउने सोलस्जार क्लबको प्रशिक्षण सत्रहरु उच्च गुणस्तरको रहेको निर्धक्क बताउछन् । तर यसलाई अझ राम्रो बनाउनु छ, जस्को लागि आफुहरु सफा पानामा काम गरिरहेको सोलस्जारको भनाइ छ ।

लगातार तीन खेलमा पाएको विजय सोलस्जारका लागि महत्वपूर्ण ओखती पनि बनेको छ ।

म्यानचेष्टरको पुनरोदय !

१६ डिसेम्बरमा एनफिल्डमा भोगेको पराजयपछि खेलाडीहरु मैदानबाट निस्कदा युद्द हारेको सिपाही झै निराश देखिएका थिए । जहाँ उनीहरुले आफ्नो चीर प्रतिद्धन्द्धीसंग नमिठो पराजय भोगेका थिए । तर माउरिन्होको स्थानमा सोलस्जारले कमाण्ड सम्हालेपछि रेड डेभिल्स अचम्मको शैलीमा फर्किएको भान हुन थालेको छ । जस्ले आक्रमणकारी नीति क्लबका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनबाट सिकेकै थिए ।

तीन पटक लगातार प्रिमियर लिगको उपाधि जितेको म्यानचेष्टर युनाइटेड विगत बर्षदेखि नै निरन्तर खराब लयमा छ । त्यसमाथि यसपटक उस्को प्रदर्शन निकै दयालाग्दो देखिएको थियो । आइतबारको खेलमार्फत उनीहरुले यो संकेत दिन सफल भएका छन् कि अब म्यानचेष्टर युनाइटेडको पुरानो दिन सकियो ।

डिसेम्बर २०१५ मा ब्रोममाउथसंग पहिलो पहिलो लिगगमा पराजित भएपछि युनाइटेडले पछिल्लो सात प्रिमियर लिग खेलहरूमा ब्रोममाउथसंग हार खाएको छैन । जस्मा ६ जित र एक बराबरी छ ।

पोग्बाले आफ्नो तीन प्रिमियर लिगमा सोलस्जारको उपस्थितिपछि चार गोल गरेका छन् । पोग्बा डिसेम्बर २०१२ मा वाइने रुनी पछि प्रिमियर लिग कम्तिमा दुई पटक स्कोर गर्ने अर्का खेलाडी बनेका छन् । चार गोल र तीन सहयोगको साथ, डिसेम्बर २०१८ पोग्बाको लागि सर्वश्रेष्ठ महिना समेत भएको छ ।

रोमेलु लुकाकूले ब्रोममाउथ विरुद्धको सात प्रिमियर लीग खेलमा आठ गोल गर्न सफल भएका छन् । युनाइटेडले अब बुधबार न्युकासलविरुद्ध उस्कै मैदानमा भिड्ने छ ।

बीबीसी स्पोट्र्सबाट

प्रतिक्रिया दिनुहोस्

LIVE TV