१६ पुष २०७५, सोमबार
  • सुरेश श्रेष्ठ,

दाङ, १६ पुष । विद्यालय र समूदायको सम्बन्धलाई समुधर बनाउन ‘विद्यालयमा एक दिन, कक्षा कोठामा एक दिन’ अभियान दाङको तुलसीपुरबाट सुरु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज सोमबार विद्यार्थीहरुलाई पढाएर अभियानको सुरुवात गरेका हुन् । प्रदेश ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको उक्त अभियान अन्तर्गत सोमबार तुलसीपुर ७ को माबि कालाखोलाका विद्यार्थीहरुलाई पढाएर उक्त अभियानको सुरु गरेका हुन् ।

बिहानको १० बजेको थियो । माध्यामिक बिद्यालय कालाखेलाका बिद्यार्थी सधैँजसो प्रार्थनाकालागि चौरमा उभिएका थिए । उनीहरुले पिटी खेलिरहदा एक्कासी लावालस्कर सहित प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल प्रवेश गरेका थिए । प्राथना सकिएपछि बिद्यार्थी आ–आफ्नो कक्षा कोठामा प्रवेश गरे ।

विद्यार्थी कक्षामा प्रवेश गरेपछी कक्षा शिक्षक गइनपुग्दै मुख्यमन्त्री पोखरेल सरासर कक्षा १० मा प्रवेश गरे । विद्यार्थीले पनि शिक्षकलाई जस्तै उनँलाई उठेर सम्मान प्रकट गर्नुभयो । शिक्षकले विद्यार्थीलाई पढाई सकेपछि प्रश्न गर्दछन् । तर मुख्यमन्त्री पोखरेलले कक्षा कोठामा प्रवेश गर्न साथ प्रश्न सोध्न थाले ।

विद्यार्थीलाई पढाई, विद्यालयको अबस्थाका बारेमा प्रश्न गरेका थिए । करीब ९० मिनेट आफूहरुसँग मुख्यमन्त्रीले बिताएपछि विद्यार्थी खुसी देखिएका थिए । मुख्यमन्त्रीसँगै प्रदेश सभा सदस्य उत्तरकुमार वली र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घणश्याम पाण्डेले पनि विद्यार्थी सफल हुने बिषयमा प्रशिक्षण दिएका थिए । मुख्यमन्त्रीबाट आफूहरुले पढाईलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकेको बिद्यार्थी मिना रोका मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV