१६ पुष २०७५, सोमबार
  • कृष्ण पाण्डे,

बुटवल, १६ पुष । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले प्रदेश ५ को राजधानी बुटवलबाट पनि श्रम स्वीकृति पाउन थालेका छन् । नेपाल सरकारको निर्णय बमोजिम बुटवलमा श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि तत्कालका लागि पुनः श्रम स्वीकृति पाउन थालेका हुन् ।

बुटवलबाटै श्रम स्विकृति पाएपछि बैदेशिक रोजगारमा जाने श्रमिकहरुले खुसी व्यक्त गरेका छन् । राजाधानी जानु पर्ने बाध्यता साथै पैसा अनि समयको सदुपयोग भएकोमा सेवाग्राही खुसी देखिन्थे । हिजबाट सुरु भएको कार्यलमा हिजैका दिन ११ जना लाई सेवा दिइएको थियो । आज भने करीब ५० भन्दा बढीले सेवा पाउनेमा कर्मचारी आशाबादी रहेको छ ।

प्रदेश पाँचका १२ वटा जिल्लाका साथै अन्य पायक पर्ने जिल्लाका मानिसले पनि सो कार्यालयबाट श्रम स्वीकृति लगाएतका सेवा लिनसक्ने वैदेशिक रोजगार विभाग कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिदेश पुगेर घर आएका र पुनः फर्किन चाहनेहरुका लागि पुनः श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहतको सो श्रम तथा रोजगार कार्यालयले सेवा प्रदान गर्न थालेपछि यस क्षेत्रका सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् । एक महिना भित्रमा श्रम स्वीकृति सम्बन्धी सबै कामका साथै व्यक्तिगत रुपमा विदेश जादा चाहिने अनुमति दिने व्यवस्था प्रदेशबाटै मिलाइएको कार्यालयका कर्मचारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV