१६ पुष २०७५, सोमबार

काठमाडाै‌ । ए डिभिजन लिगको १२ औं चरणको पहिलो खेलमा मच्छिन्द्र र एनआरटीले अंक बाँडेका छन् । चार–एकको अग्रता लिएर पनि जोगाउन नसक्दा मच्छिन्द्रले एनआरटीसँग ५–५ को बराबरी खेल्दै अंक बाँडेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफको ३० मिनेटसम्म ४–१ को अग्रता कायम गरेको मच्छिन्द्रले १५ मिनेट सम्हालिन नसक्दा पहिलो हाफ ४–४ को बराबरी खेल्यो ।

दोस्रो हाफमा पनि मछिन्द्र क्बलले पुनः अग्रता लिए पनि अन्तिम ५ मिनेट सम्हालिन नसक्दा पुछारको टोली एनआरटीसँग अंक बाँड्नुपर्यो । मच्छिन्द्रका लागि विशाल राईले दुई, खामिर गिलिसन र अनिल गुरुङले एकएक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो ।

यस्तै, एनआरटीका लागि अशोक थापाले दुई, सुशील लामा, कौसाई जिनले एक एक गोल गरेका थिए । बराबरीपछि ७ अंक जोडेको मछिन्द्र १२औं स्थानमा छ भने ६ अंक जोडेको एनआरटी पुछारमा कायमै छ । दुवै टोलीले लिगमा अब एकमात्र खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV