१६ पुष २०७५, सोमबार
  • अमर काफ्ले,

इनरुवा । अपाङ्गता भएकाहरुकालागि सुनसरीको इनरुवामा सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीमा आयोजित विशेष कार्यक्रमकाबीच पहिलो चरणमा १४ जना अपाङ्गता भएका व्यक्तिका लागि हुइलचेयर र ट्राई साइकल बितरण गरिएको हो ।

राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको सहयोगमा उपलब्ध सहयोगी सामग्री करुणा फाउण्डेसन नेपाल र जिसस सुनसरीको समन्वयमा अपाङ्गता भएका व्यक्तिको उपस्थितीकाबीच सम्वन्धित परिवारका सदस्यलाई जिम्मा लगाइएको हो ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारी, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराई र करुणा फाउण्डेसनका रमेश बरालले अपाङ्गता भएका व्यक्तिका लागि सहयोगी सामग्री हस्तान्तरण गरेका थिए ।

प्राप्त आवेदन पश्चात प्राथमिकताका आधारमा छनौट गरी अपाङ्गता भएकाहरुको हकमा सहयोगी सामग्री वितरण गरिएको बताउने राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजले आगामी दिनमा समेत सहयोग जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV