१६ पुष २०७५, सोमबार

काठमाडौं । आज काठमाडौँको न्युनतम तामक्रम यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान काठमाडौँ उपत्यकाको तपक्रम ० दशमलब ५ डिग्री सेलसियस मापन गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले काठमाडौँ लगायत देशभर चिसो बढेको छ । गत वर्ष भन्दा यस वर्ष यही समयमा न्युनतम तापक्रम कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत बर्ष डिसेम्बर ३१ मा न्युनतम तापक्रम ३ दशमलब ८ डिग्री सेल्सियस थियो । गत वर्ष भन्दा यस बर्ष चिसो बढ्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिन सम्म वर्षार्को सम्भावना नभएपनि पश्चिमी भूभागमा भने वर्षा हुनसक्ने विभागको अनुमान छ । आज विहानको न्युनतम तापक्रम सबै भन्दा कम जुम्लाको माइनस ५ दशमलब १ डिग्री सेल्सियस मापन गरिएको थियो भने सबै भन्दा बढी घनकुटाको ६ दशमलब ६ डिगी्र सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV