१६ पुष २०७५, सोमबार

काठमाडौं । नेकपाको सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदल र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा स्थायी कमिटिबाट गठित कार्यदलका ९ सदस्यीयसँग छलफल सुरु भएको हो ।

केन्द्रीय निकायदेखि लिएर स्थानीय तहका कमिटीहरु,जनसंगठनहरुको एकता लगायत यसअघि केन्द्रीय सचिवालयले गरेका र विधिसम्मत नभएका भनिएका निर्णयको समेत अध्ययन गर्ने बताइएको छ ।

बैठकमा अध्यक्षद्वयले कार्यदलको संयोजनक तोकेर एकता प्रक्रियाको लागि केन्द्रीय सदस्यहरुको कार्य विभाजन लगायतका कामलाई टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV