१६ पुष २०७५, सोमबार
  • शान्तिराज राई,

मोरङ । मोरङको बेलबारीमा गत शनिबार किरात सभ्यताको बारेमा बृहत छलफल भएको छ । किरात राई यायोक्खा नगर कार्य समिति बेलबारी र किरात याक्थुम चुम्लुङ नगर कार्य समिति बेलबारीबीच छलफल भएको हो ।

छलफलपछि राई र लिम्बू किराती नै भएको र त्यसमा कोही पनि अन्यौलमा नरहनुपर्ने ठोस निष्कर्ष समेत निकालिएको छ ।

राई र लिम्बू दुवैले आफ्नो इतिहास खोज्दै जाने हो भने एकै ठाउँ पुग्ने भएकाले उनीहरू एकै आमाका सन्तान रहेको प्रष्ट पारिएको छ ।

प्रकृतिपूजक किरात सभ्यता मान्ने किरातीहरू पछिल्लो समयमा विभिन्न विवादित विचारहरूमा विभाजित भइरहेको बेला यायोक्खा र चुम्लुङले त्यसबारे छलफल सुरु गरेका हुन् ।

यस छलफलको संयोजन किरात राई पत्रकार संघ मोरङले गरेको थियो । यस छलफललाई निरन्तरता दिने र अर्कोपटक अर्को विषयमा छलफल गरिने कार्यक्रम संयोजक समेत रहेका नारायण राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV