१६ पुष २०७५, सोमबार

पर्सा । पर्सा प्रहरीले  १ सय ६० किलोग्राम चरेससहित एक जना ट्रक चालकलाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीका २९ वर्षीय सागर बललाई वीरगञ्ज महानगरपालिका–३१, बेल्वाबाट प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीकाे अनुसार वीरगञ्ज महानगरपालिका–३१ परवानीपुर–मिलनचोक सडकखण्डबाट जाँचका क्रममा ट्रकबाट चरेश फेला परेकाे थियाे ।  ट्रकमा बडि र क्यावीनको बीचको भागमा फल्स बटम बनाई चरेश लुकाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले ट्रकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि पनिलागुऔषध व्युरोको टोलीले पटक–पटक काठमाडौं, हेटौडाबाट ट्रकमा लागुऔषध ओसारपोसार गर्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV