१६ पुष २०७५, सोमबार

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत १२औँ चरणका खेलहरु आजबाट सुरु भएका छन्। आज तीन खेल हुनेछन्, बिहान ११ बजेदेखि एक खेल सुरु भइसकेको र बाँकी खेल दिउँसो साढे २ बजेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

११ बजेको खेलमा एनआरटी र मछिन्द्र क्लब तथा साढे २ बजे फ्रेण्ड्स क्लबविरुद्ध ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब भिड्ने तालिका रहेको छ । यी खेल सोतदोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित एपीएफको मैदानमा हुने जनाइएको छ ।

यसअघि एन्फाले १०औँ चरणका खेल सकिएलगत्तै ११औँ र १२औँ चरणका खेल हुने जनाएको थियो । तर खेल तालिकामा केही परिवर्तन गर्दै एन्फाले १२औँ चरणको खेल तालिका आइतबार सार्वजनिक गर्यो ।

भोलि मंगलबार र पर्सी बुधबार २,२ खेल हुने एन्फाद्वारा सार्वजनिक गरिएको तालिकामा उल्लेख छ । लिगको शीर्षस्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लब दुई खेलअगावै च्याम्पियन भइसकेको छ । मनाङ लगातार ११ खेल जित्दै ३३ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV