मेलमिलापको नीति लिएर विपी स्वदेश फर्किएको ४२ वर्ष पूरा, आज पनि उत्तिकै सान्दर्भिक



प्रकाशित मिति : Dec 31, 2018

काठमाडाैँ । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ४२ वर्ष पूरा भएको छ ।

भारत प्रवासपछि २०३३ साल पुस १६ गते कोइरालासँगै गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा सहित स्वदेश लिएर स्वदेश फर्किएका थिए ।

Image result for मेलमिलाप नीति

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्षका लागि जेल चलान गरिएको थियो ।

त्यसपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवास गए । तर भारतमा अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्ष निकाल्दै गर्दै विपीसहितका नेता नेपालमा राजासँगै हातेमालो गर्न सकिने भन्दै स्वदेश फर्किएका थिए ।

उनीहरुलाई तत्कालीन सरकारले त्रिभुवन विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृह लगेको थियो । त्यहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । नेपाली कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com