१५ पुष २०७५, आईतवार
  • दीपक भट्ट

रामेछाप । मालपोत कार्यलय रामेछापका कार्यालय प्रमुख वद्रीराज ढकालले कार्यालय प्रवेश गर्ने मुल ढोकानै वन्द गरेर कार्यालय परिसरमा कुखुरा पालन गर्दै आएका छन ।

मालपोत कार्यालय रामेछापमा हाजिर भएदेखिनै कार्यालय परिसरमा कुखुरा पालन गर्दै आएका प्रमुखका हर्कतका वारेमा सर्बसाधारणले कुरा उठाएर सामाजिक संजालहरुमा समेत त्यसले ठाउँ पाएको थियो । सबै कुराको वेवास्ता गर्दै प्रमुखले कार्यालय भवन भित्र प्रवेश गर्ने मुल ढोका नै थुनेर कुखुरा पालन गर्दा सेवाग्राहीहरुलाई यातायातका साधन सहित कार्यालयमा छिर्न समस्या भएको छ । सेवाग्राहीहरुले कार्यालयमा प्रवेश गर्न वैकल्पिक वाटो प्रयोग गर्न वाध्य चएका छन् ।

त्यस्तै कुखुरा थुन्नका लागि मुल ढोकामा ताला लाग्ने गरेकोले सेवा लिन आउने अपाङ्ग, जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई समेत कार्यालय भित्र प्रवेश गर्न समस्या हुने गरेकोछ । जसका कारण सेवाग्राहीहरुले सवारी साधन सडकमा नै पाकिङ्ग गरेर कार्यलयमा जाने गरेका छन । त्यसैगरी खुल्ला रुपमा छाडिएका कुखुराले दिनहुँ कार्यालय परिसर र कार्यकक्ष भित्रै फोहोर गर्दा त्यसको प्रत्यक्ष असर सेवाग्राही र स्वयः कर्मचारीहरुलाई पर्ने गरेको गुनासो सेवाग्राही र कर्मचारीहरुले समेत गर्दै आएका छन् ।

करिव ६ महिना अघि मालपोत कार्यालयको प्रमुख भएर आएदेखी नै कुखुरा पालनकार्यलाई अगाढी वढाएका उनले जिल्लाका माथिल्लो तहका कार्यालय प्रमुखहरुलाई समेत बेलाबेलामा आफ्नै मेसमा कुखुरा काटेर भोज लगाउने गरेका छन् । जसकाकारण उनलाई खुल्ला रुपमा कुखुरा पालन र कार्यालयका काममा समेत अवरुद्ध गर्दे हिड्न सजिलो हुने गरेको आरोप प्रमुख ढकाल माथि लागेको छ ।

मन्थली नगरपालीका १ का चिरन्जीवि दाहाल मालपोत कार्यलयको चर्तिकलाका वारेमा थाहा पाउन कार्यालय भित्रै गएर हेर्न सरोकारवालाहरुलाई आग्रह गरे । उनका अनुसार प्रमुख ढकाल नियमित रुपमा कार्यालयमा नवस्ने प्रमुखको रुपमा चिनिन्छन् । जसका कारण सेवाग्राहि हरुको जग्गा नामसारी, शंसोधन लगाएतका कामहरु पटक–पटक रोकिदै आएका छन् । कार्यालय प्रमुखको गैर जिम्मेवारी पनका कारण टाढाटाढा देखि जग्गाको काम लिएर आउने सेवाग्राहि हरु सवै भन्दा वढि प्रभावित हुने गरेका छन् । त्यस्तै प्रमुख ढकालले कार्यालय भित्र सेवाग्राहिहरुका लागि हेर्न राखिएको टेलीभिजन समेत आफनै कोठामा राखेका छन् ।

गोकुलगंगा गाउँपालीका वडा नं–५ का दीपक खड्काले आफुले केहि हप्ता अघि प्रमुखले कार्यालय परिसर भित्र कुखुरा पालन गरेको तस्वीर सामाजीक संजालमा पोष्ट गरेको स्मरण गरे । उनले भने मैले तस्वीर फेसवुकमा हालेपछि कार्यालय प्रमुखले कार्यालयमानै वोलाएर तत्काल कुखुरा हटाउने सर्तमा उतm फोाटो आफुले सामाजिक संजाल बाट हटाएको थिएं । तर अझै सम्म कुखुरा कार्यालय परिसर वाट नहटाईनु दुखद कुरा भएको पनि उनले वताए ।

यस वारेमा प्रमुख ढकाल संग संम्पर्क गर्दा उनले कार्यालको कम्पाउण्ड फराकिलो भएकोले आफुले कुखुरा पालन गरेको र कार्यालय प्रमुखले कुखुरा पालन गर्दा सवैलाई गौरान्वीत हुनु पर्नै कुरामा जोड दिए । त्यसवाहेक आफुले कार्यालय परिसर भित्र कुरा पालन गरेर कृषि व्यवसाय प्रर्वद्धर्नमा टेवा पुगेको पनि प्रमुख ढकालको भनाई छ । केहि दिन अघि आफुले कुखुरा पालन गरेको तस्वीर सामाजीक संजालमा पोष्ट गर्नै एक जना व्यक्तिलाई तस्वीर हटाउन अनुरोध गरेपछि उक्त फोटो तत्काल हटाईएको अनुभव पनि ढकालले मोवाएलमा भने ।

त्यस्तै कार्यालयमा काम लिएर आउने कुनै पनि सेवाग्राहि हरुको काममा पनि अवरोध नपुगेको उनले दावि गरे । गत शुक्रवार कार्यालय समय सम्म आफुले वसेर काम गरेको र आज एक दिन आफु विदामा वस्दा कार्यालयको काममा कुनै वाधा नपुगेको प्रमुख ढकालको भनाई रहेको छ । ढोका लगाएर कुखुरा पालन गरेको आरोपका सम्वन्धमा ढकालले उक्त ढोका आफु आउनु अघिनै सडक निर्माणको क्रममा लागेको उनको पुष्टयाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV