१५ पुष २०७५, आईतवार

काठमाडौं । काठमाडौंको जडिबुटीमा लुटपाट गर्दा–गर्दै पक्राउ परेका तीन जनलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज लुटपाटमा संलग्न धादिङ गल्छीका अर्जुनप्रसाद अधिकारी र केदार अधिकारी तथा काभ्रे भुम्जुका अन्जन उप्रेतीलाई सार्वजनिक गरेको हो ।

हिजो लुटपाट गर्दा–गर्दै पक्राउ परेका उनीहरुको साथबाट ठूलो चाईनिज पेस्तोल–१ थान, एक राउण्ड गोली र १ थान खुकुरी बरामद गरिएको परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनुभयो । उप्रेती विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाबाट भोगेका केदार अधिकारी पनि विभिन्न अपराधिक क्रियाकलापमा सहभागि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV