१५ पुष २०७५, आईतवार

काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश गम्भीर मोडतर्फ लागिरहेको टिप्पणी गर्नु भएको छ । स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा। केसीले अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा नभएको बताउनु भयो ।

उहाँले पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गर्ने काम भएको जिकिर गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा पिसाव फेर्ने काम समेत भइरहेको गुनासो गर्नु भयो । उहाँले अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा रहेको चर्चा पनि गर्नुभयो । विश्लेषक केसीले ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भएको तर त्यसको जिम्मा सेनाले लिन नसक्नु दुर्भाग्य भएको बताउनु भयो । उहाँले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको खुलासा समेत गर्नुभयो । उहाँले कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने नभइ त्यो समस्याको जड के हो भन्ने तर्फ लाग्नु पर्ने बताउनुभयो ।

विश्लेषक केसीले मुलुकमा दलितहरु, गरीबहरु ख्रीष्टियन बनिरहेको चर्चा गर्दै किन यस्तो भैरहेको छ भन्ने तर्फ लाग्ने समय आएको बताउनुभयो । डा।केसीले सरकारका कामकारबाहीको बारेमा जनताहरु सन्तुष्ट नरहेको र वर्तमान सरकारले देशको भविष्यमाथि खेलवाड गरेको बताउँदै निर्मला पन्तका हत्यारा रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाउनु भयो । उहाँले निर्मला पन्तको हत्या प्रकरणमा सरकार उल्टो बाटो हिँडिरहेको बताउँदै प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गरेको दावी गर्नुभयो ।

नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको भन्दै डाक्टर केसीले अगाडि भन्नुभयो ‘कुनै दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन्, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV