१५ पुष २०७५, आईतवार
  • राजु पौडेल

झापा । पुख्र्यौली पेशाका रुपमा तरकारी मन्डी चलाउँदै आएका झापाका किसानहरु पछिल्लो समय आफै तरकारी खेतीमा लागेका छन् । बजारमा राम्रो तरकारी उत्पादन गरि विक्री गर्ने उद्येस्यले व्यवसायीहरु आधुनिक प्रविधिको प्रयोग गरि आफै तरकारी उत्पादनमा जुटेका हुन् ।

बजारको माग अनुसार तरकारी उत्पादन हुन नसक्दा झापाको दमकमा तरकारी मन्डी चलाउँदै आएका पप्पु चौधरी आफै आधुनिक खेतीमा लागेका छन् । उनले ३२ कठ्ठा जग्गा भाडामा लिएर विभिन्न जातका तरकारी उत्पादन गरिरहेका छन् । आधुनिक प्रणाली मानिएको मल्चिङ्ग प्रविधी अनुसार खेती गरिएको छ । तरकारी फार्ममा दैनिक १० जनाले काम गर्छन् । आर्गानिक उत्पादनमा जोड दिदै आधुनिक कृषि प्रणाली अपनाइएको कृषकको भनाई छ ।

तरकारीको पकेट क्षेत्र मानिएको यो क्षेत्रमा अत्याधिक विषदीको प्रयोग बढदै गएका कारण पछिल्लो समय माटोको उर्वर शक्ति घट्दै गएको छ । तर यो फार्मले आधुनिक प्रणालीमार्फत कृषि उत्पादनमा जोड दिएपछि स्थानीय अन्य किसानले समेत विषादीको प्रयोग कम गरेका छन् ।

विषादीको प्रयोग कम हुन थालेपछि यस क्षेत्रमा कतिपयले उत्पादन कम भएको भन्दै कृषि पेसा नै छाडेका छन् । सरकारले प्रविधिक सहयोगसंगै बिउ बिजन, सिंचाई, मलखाँद लगायतमा सहयोग नगर्दा उत्पादन घटेको दुखेसो किसानहरुको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV