१५ पुष २०७५, आईतवार
  •  तारा आचार्य

विराटनगर । फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना गर्न लागिएको पाँचौं साफ महिला फुटबल च्याम्पियनशीपका लागि चाहिने भौतिक पूर्वाधार निर्माण गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ बीच सम्झौता भएको छ ।

आइतवार विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच महानगरपालिकाका मेयर भीम पराजुली र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार मल्टी पर्पज बिल्डिङ, फुटबल मैदान पुनर्निर्माणका साथै विद्युत, पानी र फर्निचर लगायतका पूर्वाधारहरु निर्माणमा लाग्ने खर्च विराटनगर महानगरपालिकाले व्यहोर्ने भएको छ । भौतिक पूर्वाधार निर्माणमा करिब १ करोड ५० लाख खर्च लाग्ने अनुमान छ ।

अफगानिस्तान बाहेक सार्कका ७ वटा मुलुकले भाग लिने सो प्रतियोगिताका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । उक्त प्रतियोगितामा खेलाडी, अफिसियल र प्राविधिक गरी करिब ४ सय जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV