१५ पुष २०७५, आईतवार

चन्द्रकान्त जोशी

कञ्चनपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको प्रहरीले चौतर्फी अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

विभिन्न प्रदेशमा रहेका प्रहरी कार्यालय तथा सुरक्षा अवस्थाबारे जानकारी लिंदै आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुग्नुभएका प्रहरी महानिरीक्षक खनालले निर्मला प्रकरणमा कुनै पाटो नछोडेर अनुसन्धान भइरहेको बताउनु भयो । उक्त प्रकरणमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीलाई अनुसन्धानका क्रममा कुनैखाले यातना नदिइएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

महानिरीक्षक खनालले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षाका लागि नयाँ ब्युरो स्थापना गरेर प्रहरी अघि बढिरहेको जानकारी दिदैं निर्मला प्रकरणमा लापरबाही तथा कमजोरी गर्ने थप प्रहरी कर्मचारीहरुलाई कारबाही प्रक्रिया अघि बढेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV