१५ पुष २०७५, आईतवार
  • सुरेश श्रेष्ठ

दाङ । ५ नम्वर प्रदेशका मूख्य मन्त्री शंकर पोख्रेलले शहरलाई व्यवस्थित बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।  अस्त व्यस्त शहरीकरणले सम्वृद्धिको ढोका नखुल्ने उहाँले जोड दिनुभयो ।

स्थानीय तहको आर्थिक विकासका सम्भावना पहिल्याउनका लागि आज आईतबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको आर्थिक विकास सम्मेलनमा मुख्य मन्त्री पोख्रेलले भन्नुभयो,४/५ वटा पक्की घर हुदाको तुलसीपुर बस्तीको प्लानिङ गरिएको हो । कुनैपनि परिवर्तन हुन सकेको छैन्,अनि के कारणले तुलसीपुर बजारमा बाहिरका मानिस आउने,उहाँले नगरप्रमुख घनश्याम पाण्डे प्रति लक्षित गरि प्रतिप्रस्न गर्नुभयो ।

पातुखोलाको छेउ किनारमा घनाबस्ती बढदैछ,त्यसलाई स्थानातरण गर्नुपर्ने हो,वा नदि किनारालाई व्यवस्थित गर्नुपर्ने हो,त्यस प्रति ध्यान दिन उहाले आग्रह गर्नुभयो । वस्ती बसी सकेपछि सडक,बत्ति,खानेपानि,सञ्चारको माग आउँछ,दिनै पर्छ अनी कसरी व्यवस्थित सहरको परिकल्पना गर्नुहुन्छ । ठुलो कुरोको परिकल्पना गर्नुभन्दा पनि यी यस्ता विषयमा ध्यान दिनुपर्छ की,मुख्य मन्त्री पोख्रेलले भन्नुभयो ।

बाहिरको मानिस दाङ आउनका लागि ३ /४ वटा विषयमा विकास गर्न सक्नु पर्ने उहाले सुझाउनुभयो । पहिलो दाङलाई आईटी,दोस्रो शिक्षा,तेस्रो स्वास्थ्य र चिम्नी जडान नभएका प्रदुषण नहुने उद्योगहरु सञ्चालन गर्न सके सम्वृद्धि हुने विश्वास  व्यक्त गर्नुभयो । उहाँले अव केही समयपछि प्रदेश सरकारले बिद्युतीय वस सेवा सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो । पालिकाहरुले पनि साझेदारी गर्न सके बिद्युत बस सेवा दोब्बरले वृद्धि हुने अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV