१५ पुष २०७५, आईतवार

एजेन्सी । बंगलादेशमा आम निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । देशभर ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यहाँ नयाँ सरकार गठनका लागि मतदान सुरु भएको छ । मतदानस्थलमा सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बांग्लादेश मतदान के लिए इमेज परिणाम

प्रधानमन्त्री शेख हसिना नै फेरि निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्र तय गरिएको छ । निर्वाचन प्रचारको सिलसिलामा अहिलेसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् । हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रधानमन्त्री हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गर्दै आएका छन् ।

भ्रष्टाचारको आरोपमा १७ वर्षे सजाय भोगिरहेकी विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छन् ।

बंगलादेश मतदान के लिए इमेज परिणाम

निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बंगलादेश नेसनल पार्टी (बिएनपी)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV